नेपालमा मृतकको संख्या २६ पुग्यो

NEWS
Spread the love

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप दुई जनाको मृत्यु भएको छ ।

ललितपुर महालक्षमी–५ का ५० वर्षिय पुरुष र स्याङ्जाको सिरुवारीका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

ललितपुरका पुरुषलाई कोखो दुख्ने समस्या भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । परीक्षणमा उनलाई कोभिड १९ संक्रमण भएको पुष्टि भएपछि पाटन अस्पताल रिफर गरिएको थियो ।

उनको ललितपुरस्थित पाटन अस्पतालको आइिसयूमा भेन्टिलेटरमा उपचार भइरहँदा असार ११ गते बिहान ५ बजे निधन भएको हो ।

उनको पाँच महिना अघि मृगौला प्रत्यारोपण गरिएको थियो ।

त्यस्तै स्याङ्जाका संक्रमितको पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा मृत्यु भएको हो ।

उनलाई असार ८ गते अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । ती पुरुष डायबिटिजबाट समेत पीडित थिए ।

यसैबीच, नेपालमा पछिल्ले २४ घण्टामा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४३४ जनामा कोरोना पोजिटिभ देखिएको जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *