काठमाडौंबाट यस्तो देखियो सूर्यग्रहण (फोटोफिचर)

NEWS
Spread the love

नेपालमा आज (आइतबार) खण्डग्रास सूर्य ग्रहण लाग्यो ।

नेपालमा बिहान १० बजेर ५० मिनेटबाट सुरु भएको सूर्य ग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा सकिएको हो ।

वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिएको थियो ।

उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुने उनले जानकारी दिए ।

यस्तै नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने खगोलविद् आचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *