सीमा विवादबारे बोले भारतीय रक्षामन्त्री, जसले लिपुलेकमा सडक उद्घाटन गरेका थिए

NEWS
Spread the love

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतबीचको सम्बन्ध सामान्य नभएको बताएका छन् । संसारको कुनै पनि तागतले दुई देशबीचको सम्बन्ध तोड्न नसक्ने समेत उनले बताएका छन्।

नेपाल र भारत रोटी–बेटीको सम्बन्धमा सँगै जोडिएको भन्दै उनले संसारको कुनै पनि तागतले पनि तोड्न नसक्ने बताएका हुन्।

भारतको सरकारी समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई) का अनुसार, भारतीय जनता पार्टीका उत्तराखण्डका कार्यकर्तालाई ‘जनसंवाद’ कार्यक्रमअन्तर्गत (भर्चुअल र्‍यालीमा) सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

रक्षामन्त्री सिंहले नेपाल–भारत सीमा विवादको समाधान वार्ताबाटै खोज्ने समेत बताएका छन् । उनले भने, लिपुलेकबाट धार्चुला जोड्ने सडकलाई लिएर नेपालमा केही गलत बुझाई भए सम्वादबाट त्यसको समाधान गरिनेछ ।’

लिपुलेकबाट सडक बनाएका कारण नेपालका जनतामा कुनै गलत सन्देश गएको भए त्यसलाई आपसी छलफलबाट सुल्झाउन सकिने उनले बताएका छन् ।

आफूले पशुपतिनाथलाई कहिल्यै बिर्सन नसक्ने उनले बताएका छन्।

भारतको नेपालसँग सामाजिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक मात्र नभई आध्यात्मिक सम्बन्ध पनि रहेको उनले बताए । गोरखा रेजिमेन्ट सेनाले समय समयमा आफ्नो शौर्यको परिचय दिने गरेको भन्दै उनले नेपालसँगको सम्बन्ध टुट्न नसक्ने बताए ।

उनले अघि भने, ‘म विश्वासको साथ भन्न चाहन्छु कि भातीयको मनमा कहिल्यै पनि नेपालको विषयमा कुनै प्रकारको कटुता पैदा हुन सक्दैन । हाम्रो नेपालसँग यति गहिरो सम्बन्ध छ । हामी सबै समस्याको सामाधान वार्ता र सम्वादमार्फत नै गर्नेछौँ ।’

भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर गतवर्ष नयाँ नक्सा जारी गरेपछि नेपालले त्यसप्रति आपत्ति जनाउँदा जनाउँदै पनि राजनाथ सिंहले लिपुलेक हुँदै भारतको चीन जोड्ने सडक उद्घाटन गरेपछि नेपाल र भारत सम्बन्धमा विवाद बढेको छ।

अहिले नेपालले पनि लिम्पियाधुरा सहितको नक्सा जारी गरेपछि भारतले त्यसप्रति विरोध जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *