बन्दाबन्दीमा बालबालिकालाई आफ्नो घर जेल नबनोस् भन्नलाई अन्लाईन शिक्षा उपयोगी हुन सक्छ।
कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वब्यापी रुपमा हामी मानव जातिलाई आफ्नो अस्तित्व कायम राख्न निकै ठूलो चुनौती सिर्जना भएको छ।
चुनौती मानव जातिमा जहिले पनि आउन सक्छ । त्यसलाई सामाना गर्दै संकटको यस परिस्थितिमा मानव क्रियाकलापलाई सामान्यीकरण गर्दै अगाडि बढ्नु पर्दछ ।
अहिले केही महिनादेखि स्कुलको वातावरण नपाउँदा, पठनपाठन नहुँदा ,शिक्षक तथा साथीहरु भेट्न नपाउँदा बालबालिकाको समय अनुत्पादक नहोस् र घर नै जेल जस्तो नहोस भन्नलाई अनलाइन शिक्षाको सदुपयोग गर्न खोजीको र अनलाइन शिक्षा प्रविधि अगाडि बढाउनु आफैंमा नराम्रो काम पक्कै होइन ।
हाम्रो घर परम्परा, संस्कृति, संस्कार सिक्ने आधार सँगै विध्यालय औपचारिक शिक्षा आर्जन गर्ने मन्दिर हो । जीवन जिवनोपयोगी शिक्षाको साथमा असल र सक्षम विद्यार्थी बनाउन हातमा समाइ डोर्याउने र आँखामा शिक्षाको ज्योती छर्ने काम विध्यालयको हो ।
बालबालिकाको सफलता शिक्षक र बिध्यालयको पनि सफलता हो । बिद्यालयमा भौतिक रुपमा उपस्थित हुन नसक्दा पनि बिद्यालय व्यवस्थापन र प्रशासनको सहयोगमा प्रविधि सिकेर शिक्षकले घरमा बसेका बालबालिकालाई सिकाउने कामलाई धन्यवाद दिनैपर्छ । लकडाउन हुँदा पनि बालबालिकालाई प्रविधि मैत्री बनाउँदै आफ्नो साथीहरु, शिक्षकसँग सिक्न पाउँदा घर पनि स्कुल भन्दा कम हुँदो रहेनछ भन्ने महसुस नहोला भन्न सकिन्न।
हामी जेठको तेस्रो हप्तामा प्रवेश सँगै राज्यले बैकल्पिक माध्यमबाट शिक्षा दिने निर्देशिका बनाउनुले बैकल्पिक शिक्षालाइ पनि सिकाइको आधार मानिन्छ नै । तर, राज्यको मुख ताकेर बस्ने र राम्रो कामको सुरुवात नगर्नुले ‘केको काम कैले जाला घाम’ भन्ने उखानले पिरोलेको त हैन ।
केही महिना बालबालिकाको पठन-पाठन नभएर केही फरक पर्दैन भन्नेलाई बितेको समय, हानेको गोली, बगेको खोला, बोलेको बोली फर्कदैन भन्ने आभाष हुन कसैले सिकाउनु पर्दैन होला ।
हामीले विधि, प्रविधि र समयलाई रोक्न सक्दैनौं । बरु विधि प्रविधि सिकेर समय अनुसार बालबालिकाको जीवन उपयोगी बनाउनुपर्छ र समयको सदुपयोग गराउन सिकाउनुपर्छ ।
बालबालिकाको सिकाइ आफ्नो कर्तव्य हो भनेर धेरै संस्थाले अनलाइन परीक्षाफल प्रकाशन गरि (शैक्षिक सत्रको पर्याप्त समय नपुग्ने महसुस गरि) बैशाख देखिनै अनलाइन कक्षा र श्रब्य दृश्य सुरु गर्नु कर्तव्य र दायित्वबोध हो । जसले बालबालिकाको औपचारिक शिक्षा र मनोवैज्ञानिक रुपमा पनि घरमै स्कुलको अनुभव भएको अभिभावक र शिक्षकको बुझाइ छ।
सबैले सबै कुरा पाउने र पाइन्छ भने आधारमा होइन हामीले हिजो, आज र भोलि हेर्दै जोसँग जे सुविधा छ उपयोग गर्न दिनुपर्छ । इन्टरनेट हुनेले इन्टरनेट प्रयोग गर्ने हो । टेलिभिजन र रेडियो हुनेले टेलिभिजन रेडियोबाट (श्रब्य-दृश्य बाट) पनि सिक्न र सिकाउन सकिन्छ । जसमार्फत बालबालिकाको मनोबल उच्च राख्न सहयोग पुर्याउँछ ।
अनलाइन कक्षा सञ्चालन गर्नु हुँदैन भन्ने आत्मीय साथीहरू लाई जिज्ञासा् मात्र हो ?
१) अहिले आएका नवीन प्रविधिकहरू गुगल मिट, जुम ,फेसबुक, म्यासेन्जर आदिलाई अनलाइन नभनेर के भन्ने हो ?
२) घरमा इन्टरनेट नहुने लाई श्रब्य-दृश्य बाट सिक्ने र सिकाउने हो तर सुबिधा हुनेलाई ईन्टरनेट अनलाइन सुबिधाबाट बन्चित गर्ने हो ?
३) अधिकार माग्ने अनि आफू अनुकूल र आफ्नो सेवा सुबिधा लिनलाई शक्ति प्रयोग गर्ने हो ?
४) हामीले न्युनतम सक्ने काम पनि नगरी राज्य कोषबाट सेवा सुबिधा लिन कसरी सकेको हाे ?
५) बालबालिका स्कुलमा शिक्षकको अघि त पढ्दैन भनेर अनलाइनबाट कक्षा लिने विधि-प्रविधि र मिहेनतलाई कम आकलन गरेको हो ?
६) सेवा चाहिँ लिने तर सिक्ने सिकाउने काममा पछि हटेको हो ?
७) बिकाससँगै बिकृती हुन्छ भनेर बिकास नै नगर्ने हैन इन्टरनेटको दुरुपयोग हुन्छ भनेर विधि-प्रबिधि नै नसिकाउने भनेको हो ?
९) आफू केही काम नगर्ने अनि काम गर्ने र श्रमसँग जोडिने लाई सधै गाली मात्र गर्ने हो ?
अझै प्रश्न धेरै छ्न् तर यती बेला प्रश्न गर्ने बेला हैन आफू माथिको आकाश थाम्ने बेला हो । सबै पक्षको हितमा लागौं । बाचौं र बचाउँदै सिक्ने-सिकाउने कामको दायित्व र कर्तव्य पूरा गर्न लाग्नुमै भबिष्य उज्वल हुनेछ।