काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि (२० गते) मृत्यु भएको थियो ।
पूर्वखोला–२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या (सास फेर्न गाह्रो) भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्याइएको थियो ।
मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।