कोरोनाबाट दुई वर्षीया बालिकाको मृत्यु, मृतकको संख्या ८ पुग्यो

NEWS
Spread the love

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ।

दैलेखस्थित दुल्लु नगरपालिकाका एक ३५ वर्षीय पुरुषको शनिबार र आइतबार राति बिहानपख बाजुराकी २ वर्षीय बालिकाको कारण मृत्यु भएको थियो।

कोरोना संक्रमणका कारण उनीहरुको मृत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका हुन्।

पछिल्लो समय दुबै जना भारतबाट आएको मन्त्रालयले जनाएको छ ।

भारतबाट आफ्ना बुवा आमासहित आठ दिनअघि नेपाल आएकी ती दुई वर्षीय बालिकालाई ज्वरो, श्वासप्रश्वासमा समस्या र झाडापखाला लागेपछि बाजुरा जिल्ला अस्पतालको आइसोलेसन कक्षमा राखि उपचार गर्दागर्दै मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *