फेरि ९ संक्रमित थपिए, टेकुबाट चार जना डिस्चार्ज

समाचार
24 Shares

काठमाडौं । नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । आज (पछिल्लो पटक) रुपन्देहीमा १ र झापामा ८ जना संक्रमित थपिएका हुन् ।

यसअघि आजै (बिहान) १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै आज एकै दिन २६ जनामा संक्रमण देखिएको छ ।

यसैबीच, नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप जानकारी

-पीसीआर विधिबाट ३८ हजार ७३६ परीक्षण भएका छन् ।

-आरडीपी विधिबाट ७८ हजार ६९५ परीक्षण भएका छन् ।

-देशभरका क्वारेनटाइनमा २५ हजार ३० जना छन् ।

-प्रदेश ५ मा मात्रै १४ हजार ७६० जना क्वारेनटाइनमा छन् ।

-बिहीबार टेकु अस्पतालबाट चार जना संक्रमित निको भएर डिस्चार्ज भए । उनीहरु सबै ९ दिनमा डिस्चार्ज भएका हुन् ।

-वैशाख ३१ मा भक्तपुरका एक पुरुष र एक महिला, काठमाडौंकी एक महिला टेकु अस्पतालमा भर्ना भएका थिए । संक्रमित पुरुष सशस्त्र प्रहरी हुन् । एक जना महिला आरोग्य प्रतिष्ठानमा कार्यरत कर्मचारी हुन् । अर्को एक महिला चन्द्रागिरी निवासी हुन् । थप एक जनाको विवरण आउन बाँकी छ ।

-टेकु अस्पतालको आइसोलेसनमा अब १ जनामात्रै कोरोना संक्रमित छन् ।

-कोरोना संक्रमित निको भएर डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ ।

-रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका संक्रमितको आज बिहान मृत्यु भएको छ ।

-नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *