काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज (मंगलबार) देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रह्यो।
आज राति पनि पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ।
बुधबार पनि देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी भू-भागका १-२ स्थानमा मेघ गर्जन सहित हल्का वर्षा हुनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।।
बिहीबार देशको पहाडी भू-भागमा सामान्य बदली हुनेछ भने, बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ।
त्यस्तै देशको पूर्वी र मध्य पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।