बौद्धमा कर्माज लेजर इन रिसोर्ट

SOCIETY

काठमाडौं । विगत लामो समयदेखि होटल तथा रेष्टुरेन्ट व्यवसायमा संलग्न केहि जुझारु युवाले काठमाडौंमा नयाँ रिसोर्ट सञ्चालन गरेका छन् ।

काठमाण्डौको बौद्ध पिपलबोटमा रहेको तामाङ गुम्बाबाट केही मिनेटको दुरीमा आधुनिक रिसोर्ट पुग्न सकिन्छ । रिसोर्टको नाम कर्माज लेजर इन रिसोर्ट’ राखिएको छ ।

सात रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा १५ वटा अत्याधुनिक सुबिधा सम्पन्न कोठा रहेका छन् ।

काठमाडौंको भिडभाड र धुवाधुलोबाट राहत पाउने ठाउँको खोजीमा हुनुहुन्छ भने उक्त रिसोर्ट तपाइँको लागि सही गन्तव्य बन्न सक्छ ।

शान्त मनोरम वातावरणमा सञ्चालित उक्त रिसोर्टमा पाहुनालाई विशेष सेवा सुविधा प्रदान गरिने रिसोर्टका निर्देशक राजन उप्रेतीले बताए ।

अर्का निर्देशक मनिष ढकालका अनुसार, रिसोर्टमा ग्राहकले फरक–फरक र स्वादिष्ट परिकारको मज्जा लिन सक्नेछन् ।

ग्राहकले रिसोर्टमा गीत संगीतको पनि मनोरञ्जन लिन सक्नेछन् ।

रिसोर्टमा स्विमिङ पुल, सउना, जुम्बा डान्स लगायतको समेत व्यवस्था छ । साथै आउटडोर कफी सप समेत सञ्चालन गरिएको रिसोर्ट संचालक प्रमुख सन्तोष थापाले जानकारी दिए ।

रिसोर्ट यहि फागुन २३ गते देखि औपचारिक रुपमा शुभारम्भ हुँदैछ । युवाहरु रोजगारीको लागि विदेशिने क्रम बढिरेहकोमा केही युवाहरुको समूहले भने आफ्नै देशमा लगानी गरेर सेवामुलक व्यवसाय सञ्चालन गर्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *