सडक दुर्घटनामा असईको मृत्यु

समाचार
210 Shares

काभ्रे। काभ्रेको बनेपामा जिपको ठक्करबाट एक प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।

शुक्रबार दिउँसो बा १९ च १३२३ नम्बरको जिपको ठक्करबाट प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको मृत्यु भएको हो ।

गुरुङ बनेपा नगरपालिका १३ स्थित सडकमा बाटो काट्ने क्रममा जिपले ठक्कर दिएको हो ।

भक्तपुरबाट पाँचखाल जाँदै गरेको जिपको ठक्करबाट गम्भीर घाइते भएका गुरुङको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवलपरासी स्थाय्री घर भएका २४ वर्षीय असई गुरुङ चार वर्षदेखि काभ्रेमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *