रंगशाला निर्माणको लागि स्वस्तिकाको सहयोग

समाज
61 Shares

भरतपुर । चितवनको रामपुरमा निर्माणाधिन गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निम्ति आर्थिक सहयोग आउने क्रम जारी छ ।

धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा क्रिकेट रंगशाला निर्माण भइरहेको छ । फाउण्डेशनलाई देश तथा विदेशबाट आर्थिक सहयोग आउने क्रम जारी छ ।

यसैबीच, कलाकार तथा समाजसेवी स्वस्तिका लामिछानेले पनि क्रिकेट रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेकी छिन् । फाउण्डशेनलाई स्वस्तिकाले ४२ हजार ९५० रुपैयाँ सहयोग गरेकी हुन् ।

स्वस्तिकाले सो रकम धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई हस्तान्तरण गरेकी हुन् ।

क्रिकेट रङ्गशाला निर्माण गर्न करिब दुई अर्ब ५० करोड खर्च हुने अनुमान छ ।

रङ्गशाला निर्माणको काम अहिले धमाधम भइरहेको छ । रङ्गशाला निर्माणमा समेत स्वयंसेवीको रुपमा काम गर्नेहरु दिनहुँ आउने गरेका छन् ।

जनस्तरबाट निर्माण हुन लागेको यो देशकै पहिलो रङ्गशाला हो ।

यो पनि

लक्का जवानमा स्वस्तिका

‘घर केले छाउने हो’मा यस्तो देखिइन् स्वस्तिका

बाल मन्दिरमा के गर्दैछिन् स्वस्तिका ?

बाल मन्दिरले आयोजना गरेको ‘विन्टर क्याम्प’ समापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *