कुकुर बचाउन खोज्दा सेतीको खोँचमा खसेका आकाश

समाज
118 Shares

पोखरा । पोखरास्थित सेती नदीको खोँचमा खसेका २३ वर्षीय आकाश गुरुङको सकुशल उद्धार गरिएको छ ।

सोमबार बिहान उनी नदीको खोँचमा खसेका थिए ।

घटनाबारे जानकारी पाउनासाथ उद्धारमा खटिएको सुरक्षा निकायको टोलीले उनको सकुशल उद्धार गरेको हो ।

पोखरा महानगरपालिका–९ पार्वती टोलस्थित सेती नदीको खोँचमा आफ्नो कुकुर खसेपछि कुकुरलाई बचाउन लाग्दा म्याग्दी घर भइ हाल सोही स्थान बस्ने आकाश आफैँ खोचमा खसेका थिए ।

स्थानीयबासीले घटनाबारे प्रहरीलाई जानकारी दिएपछि तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्धार समूह र वडा प्रहरी कार्यालय बैदाम कास्कीको प्रहरी टोली उद्धारका लागि खटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *