इन्डोनेसियन आमाकी छोरीले नेपाली बुवालाई दिएको गिफ्ट (भिडियो)

ENTERTAINMENT

काठमाडौं । आइशा डोटेलले बाबुलाई उपहारस्वरुप एक गीत सार्वजनिक गरेकी छिन् ।

नेपाली बुवा र इन्डोनेसियन आमाकी छोरी हुन्,आइशा । उनले सार्वजनिक गरेको गीत आफ्नो बुवालाई दिएको सर्प्राइज हो।

१५ वर्षकी आइशाले पहिलोपटक नेपाली गीत गाएकी हुन् । उनलाई नेपाली बोल्न आउँदैन, तर उनले आफ्ना बुबाको निम्ति नेपाली गीत गाउने प्रयास गरेकी हुन् ।

गाडी गुड्छ नेपाली बोलमा रहेको गीतमा आफ्नो देश छोडेर प्रवास जानुपर्ने नेपालीका निर्दोष दुःखलाई सरल शब्दमा उतारिएको छ ।

आइशाको यो गीत सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । आम संगीतप्रेमीका साथसाथै नेपाली सांगीतिक क्षेत्रका हस्तीहरुले समेत आइशाको गीत शेयर गरेको छन् ।

गीतमा प्रगति देवकोटा न्यौपानेको शब्द तथा प्रगति, आइशा र प्रशान्त देवकोटाको संगीत रहेको छ । अनिश श्रेष्ठको संगीत संयोजन रेहको यस गीत साइन वेभ स्टुडियोजमा रेकर्ड गरिएको हो ।

आइशाले महिनौंसम्म नेपाली उच्चारण सिकेर यस गीत गाएकी गीतकार प्रगतिले जानकारी दिइन् । १५ वर्षदेखि सिड्नीमा बस्दै आएकी प्रगति आइशाकी आन्टी हुन्।

वेस्टर्न सिड्नी युनिभर्सिटीमा पढाउने प्रगति महाकवि लक्ष्मीप्रसाद देवकोटाकी नातिनी समेत हुन्। उनका हजुरबुवा मधुसुदन देवकोटा र लक्ष्मीप्रसाद देवकोटा दाजुभाइ हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *