पिएससिएनको डान्स फेस्टिवलमा जे देखियो (फोटोफिचर)

मनोरञ्जन
294 Shares

काठमाडौं । प्रि स्कुल कमिटी अफ नेपाल (पिएससिएन) ले आयोजना गरेको डान्स फेस्टिवल सम्पन्न भएको छ ।

शनिबार ललितपुरको सेन्ट जेभियर्स स्कुलमा सम्पन्न डान्स फेस्टिवलमा पिएससिएन अन्तर्गतका विभिन्न १९ वटा स्कुलको सहभागिता थियो ।

१९ वटा स्कुलका ४०० भन्दा बढी बिद्यार्थी विभिन्न मौलिक भेषभुषामा सजिएर फेस्टिवलमा सहभागी भएका थिए । कार्यक्रममा विद्यार्थीहरुले विविध नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए ।

२०७६ सालमा स्थापना भएको पिएससिएनले ससाना बालबालिकाको शैक्षिक विकाससँगै अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा विशेष अतिथिको रुपमा केन्द्रीय प्याब्सनकी सचिव तथा हिमालय स्कुल/कलेजकी निर्देशक संगीता सिलवाल ऐर, मर्निङ ग्लोरी इन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक मोहना मोथे खनाल र नृत्य निर्देशक रोहिया महर्जनको उपस्थिति थियो ।

कार्यक्रममा विशेष अतिथि संगीता सिलवाल ऐरले शिक्षाको परम्परागत पद्दती फेरिएको बताउँदै समयानुकुल शिक्षामा जोड दिइन् । उनले पिएससिएनले आयोजना गरेको कार्यक्रमको खुलेर प्रशंसा गरिन् ।

अहिले विगतमा जस्तो किताबी ज्ञानमा मात्र शिक्षा सीमित नभएकोले सानै उमेरदेखि बिद्यार्थीको सर्वांगिण व्यक्तित्व विकासका लागि पिएससिएनले विभिन्न कार्यक्रम गर्दै आएको पिएससिएनकी अध्यक्ष सभ्यता खड्का स्वारले जानकारी दिइन् ।

पिएससिएनका सचिव पूजा गौतमले सात वटा विद्यालयबाट सुरु भएको यस संस्थामा अहिले २० वटा विद्यालय संलग्न रहेको जानकारी दिइन् ।

डान्स फेस्टिवल पिएससिएनको नियमित वार्षिक कार्यक्रम भएको बताउँदै उनले बालबालिकाको क्षमता अभिवृद्धिका निम्ति आगामी दिनमा विभिन्न कार्यक्रम गरिरहने जानकारी दिइन् ।

तस्विरः बालकृष्ण प्रजापति

डान्स फेस्टिवलमा सहभागी स्कुल:

  • विङ्स मन्टेश्वरी
  • हाम्रो किड्स जोन
  • आइजिके प्राइमरी स्कुल
  • लिटल एली प्रि स्कुल
  • बेबी जोन प्रि स्कुल
  • हर्टल्यान्ड मन्टेश्वरी
  • अर्ली बड्स मन्टेश्वरी
  • बालापन (डल्लु)
  • संस्कार शिक्षालय
  • नवनित टोड्लर्स जोन
  • मदर गंगा प्राइमरी स्कुल
  • देव वृक्षालय मन्टेश्वरी
  • बालापन (तारकेश्वर)
  • फेरील्याण्ड मन्टेश्वरी
  • अर्ली किड्स होम
  • रोयल किन्डर क्यासल
  • नवोदिप मन्टेश्वरी स्कुल
  • किन्डरल्यान्ड मन्टेस्वरी
  • वर्णमाला मन्टेश्वरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *