काठमााडौंको डान्सबारमा कुटिए युवक, दुई युवतीसहित पाँच पक्राउ

समाज
150 Shares

काठमाडौं । काठमााडौंको रातोपुलमा रहेको अण्डरग्राउण्ड डान्स बारमा एक युवकमाथि निर्घात कुटपिट भएको छ ।

गुल्मीको इश्मा गाउँपालिका–६ घर भइ हाल काठमाडौं–२७, डिल्लीबजार बस्ने २८ वर्षीय टपेन्द्र पन्तमाथि कुटपिट भएको हो ।

उनको धापासीस्थित ग्राण्डी अस्पतालको सघन उपचार कक्षमा राखिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसारः

-जाजरकोटका ३४ वर्षीय गोपाल वटाला, सिन्धुलीकी १९ वर्षीया अस्मिता दुनुवार, महेन्द्रनगरका २२ वर्षीय गणेश साउद, सिन्धुपाल्चोकका २६ वर्षीया अनिता लामा र सविन श्रेष्ठ घटनामा संलग्न छन् । (उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ)

-पीडितका आफन्तले काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तम सुवेदीलाई घटनाबारे जानकारी गराएका थिए ।

-प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार, एक्लै खाना खान गएका पन्तलाई एक सेट खानाको १२ हजार रुपैयाँ बिल उठाएपछि विवाद भएको थियो ।

-त्यस क्रममा रेष्टुरेन्ट सञ्चालक तथा अन्य कर्मचारीले उनीसँग भएको ५० हजार रुपैयाँ पनि लुटपाट गरेको भेटिएको छ ।

-लुटपाटपछि ज्याकेट खोसेका छन् ।

-उनको पेट, टाउको लगायत शरीरका विभिन्न अंगमा कुटपिट गरेका छन् ।

-कुटपिटपछि राति साढे १२ बजे डान्स बार बाहिर ल्याएर उनलाई छाडेका थिए ।

-परिवारलाई खबर गरेपछि राति १ बजे उनलाई उद्दार गरेर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो ।

-पक्राउ परेकामाथि ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *