छोरी प्रियंकाको ड्रेसबारे बोलिन् आमा

मनोरञ्जन
145 Shares

एजेन्सी । बलिउड सुन्दरी प्रियंका चोपडा ६२ औं ग्रामी अवार्डमा आफ्नो रेड कार्पेट पहिरनका कारण केही दिनअघि ट्रोल भएकी थिइन् ।

उनले राल्फ एण्ड लरेनको गाउन लगाएकी थिइन् जुन निकै बोल्ड थियो ।

यसैका कारण उनले सोसल मिडियामा अत्यधिक ट्रोलिङको सामना गर्नुपरेको थियो ।

यसैबीच, हालै उनकी आमा मधु चोपडा मुम्बईको एक कार्यक्रममा पुग्दा मिडियाले प्रियंकाको ट्रोलिङमाथि प्रश्न गरे जसको उनले निकै सटिक जवाफ पनि दिइन् ।

आमाले भनिन्,

  • प्रियंकाको शरीर हो, मन लागेको गरोस्
  • यस्तो भएकोमा मलाई खुसी लागेको छ, यसले प्रियंकालाई थप बलियो बनाएको छ ।
  • उनी आफ्नो शर्तमा जीवन बाँच्छिन् । उनले कसैलाई पनि हानी पुर्याइरहेकी छैनन् ।
  • यो उनको शरीर हो, मन लागेको गरोस् र उनको शरीर निकै राम्रो पनि छ ।
  • जहाँसम्म ट्रोलर्सको प्रश्न छ, उनीहरुको जीवनमा कुनै खुसी छैन ।
  • यस्तो भनेर उनीहरुले अरुको ध्यान आफूतर्फ केन्द्रीत गर्न खोजिरहेका छन् । र यस्ता मानिसहरुलाई ध्यान दिन म आवश्यक ठान्दिनँ ।
  • जब प्रियंकाले उक्त पहिरन लगाउने भएकी थिइन् तब मलाई फाटो पठाएकी थिइन् ।
  • उक्त पहिरन मलाई थोरै चुनौतीपूर्ण लागेको थियो तर उनले निकै राम्रोसँग सम्हालिन् ।

View this post on Instagram

Tassel fun. #grammys

A post shared by Priyanka Chopra Jonas (@priyankachopra) on

View this post on Instagram

This guy. #Grammys2020

A post shared by Priyanka Chopra Jonas (@priyankachopra) on

Leave a Reply

Your email address will not be published. Required fields are marked *