महाशिवरात्रीमा देशैभर सेन्टी भाइरस लाग्ने (भिडियो)

ENTERTAINMENT
Spread the love

काठमाडौं । फिल्म ‘सेन्टी भाइरस’ को ट्रेलर सार्वजनिक भएको छ ।

राजनीतिको नाममा भुमि माथि कब्जा गर्ने ‘भूमाफिया’ को कथामा फिल्म तयार भएको अनुमान गर्न सकिन्छ ।

साथै श्रीमान श्रीमतीको नोकझोक भिन्न पार्टीमा रहदा ठूलै रुप लिएको दृश्य समेत ट्रेलरमा छ ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा सिताराम कट्टेल, कुन्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङ, सन्दिप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।

सिताराम ‘सेन्टी भाइरस’ को निर्माण रंगशाला निर्माणको एक अंश रहेको बताउँछन् । सिताराम भएर रंगशाला र धुर्मुस भएर फिल्म बनाएको उनको भनाई छ ।

सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको फिल्म आउँदो फागुन ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *