राम बोसलाई सूर्यविनायक नगरपालिकाको सम्मान

NEWS
Spread the love

भक्तपुर । थ्री स्टार क्लबका कोषाध्यक्ष तथा म्यानेजर, नेपाल भरत्तोलन संघका उपाध्यक्ष, नेपाल टेड्सिनल नेपाल ताइक्वान्दो फेडेरेशनका अध्यक्ष र नेपाल युथ ग्रुपका अध्यक्ष राम श्रेष्ठ बोसलाई सूर्यविनायक नगरपालिकाले सम्मान गरेको छ ।

नगरपालिकामा मंगलबार आयोजित एक कार्यक्रममा खेलकुदको क्षेत्रमा राम बोसले पुर्याएको योगदानको कदर गर्दै नगरपालिकाका प्रमुख बासुदेव थापाले सम्मान गरेका हुन् ।

यसअघि अमेरिका र ब्राजिलको छुट्टछुट्टै कार्यक्रममा सम्मानित बोसलाई थप हौसला प्रदान गर्ने उदेश्यले नगरपालिकाले सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख थापाले राम्रा काम गर्ने व्यक्तिलाई नगरपालिकाको सधैं साथ र सहयोग रहने बताए । राम बोसलाई अन्तराष्ट्रिय स्तरमा नेपालको नाम राख्न सफल भएकोमा उनले बधाइ समेत दिए ।

नेपाललाई विश्वसामू चिनाउन खेलाडी तथा खेलकुदको महत्वपूर्ण भूमिका रहने नगरपालिका प्रमुख थापाले बताए ।

सम्मानित राम बोसले नगरपालिकोको यस सम्मानले आत्मविश्वास र हौसला मिलेको बताउँदै आफ्नो काममा थप जिम्मेवारीवोध गराएको प्रतिक्रिया दिए ।

राम बोस विगत लामो समयदेखि नेपाली खेलकुद क्षेत्रमा सक्रिय छन् । उनी विभिन्न संघसंस्थामा आवद्ध रहेर खेलकुद क्षेत्रको विकासका लागि खट्दै आएका छन् । उनी समाजसेवामा समेत सक्रिय छन् ।

यो पढ्नुभयो ?

राम बोस अमेरिका र ब्राजिलमा सम्मानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *