बलात्कार आरोप लागेका सिद्धबाबाको आजदेखि बयान सुरु

समाज
19 Shares

सुनसरी । आफ्नै अनुयायी महिलालालाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीविरुद्धको मुद्दा विहीबार सुनसरी जिल्ला अदालतमा पेस भएको छ । शुक्रबारदेखि उनको वयान सुरु हुँदैछ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माका अनुसार शुक्रबारबाट गिरीको मुद्दामा थुनछेक बहस सुरु हुनेछ ।

मंसिर १६ गते पक्राउ परेका गिरीविरुद्ध २५ दिनको अनुसन्धानपछि प्रहरीले बिहीबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको हो ।

गत कात्तिक ४ मा सिद्धबाबाले आफूमाथि बलात्कार गरेको भन्दै उनकै अनुयायी एक महिलाले कृष्णदासविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि सुनसरी प्रहरीले गिरीलाई पक्राउ गरेको हो । यद्यपि उनलाई हिरासतमा नराखी अस्पतालको सुविधासम्पन्न क्याबिनमा राखिँदै आएको छ ।

बलात्कारको आरोपपछि बिराटनगरको मुनालपथस्थित बिराट नर्सिङ होममा भर्ना भएका कृष्णदासलाई १६ मंसिरमा पक्राउ गरी ४ दिनको म्याद थपिएको थियो । २० मंसिरमा दोस्रो पटक ५ दिनको, २७ मंसिर तेस्रो पटक ७ दिनको, ३० मंसिरमा चौथो पटक ७ दिनको र ७ पुसमा पाँचौं पटक ३ दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको थियो ।

नर्सिङहोमको आइसीयुमा बसेका गिरी भीआइपी बलात्कारआरोपी हुन् । उनको निजी सुरक्षाका लागि सरकारले प्रहरी हवल्दार नै खटाउँदै आएको छ ।

सिद्धबाबाले रुँदै ‘मलाई बचाउ’ भनेको अडियो सुन्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *