एजेन्सी । बलिउड सुन्दरी आलिया भट्ट सन् २०१९ को एसियाकै सबैभन्दा सेक्सी महिलाको रुपमा छनौट भएकी छिन् ।
सन् २०१८ मा यो सूचीमा पहिलो स्थानमा रहेकी कलाकार दीपिका पादुकोणले भने यो पटक दोस्रो स्थान हासिल गरेकी छिन् ।
दोस्रो भए पनि दीपिकाले दशककी सबैभन्दा सेक्सी महिलाको ताज भने आफ्नो पोल्टामा पारेकी छिन् ।
लन्डनको इस्टर्न आई साप्ताहिकले अनलाइन भोटिङ गर्दा यी दुई अभिनेत्रीले शीर्ष सथान हासिल गरेका हुन् ।
एसियाकै सबैभन्दा सेक्सी महिलाको यो सूचीमा टेलिभिजनकी कलाकार हिना खान तेस्रो र माहिरा खान चौथो स्थानमा छिन् ।
सुरभी चन्दना पाँचौ, कट्रिना कैफ छैठौं शिवांगी जोशी सातौं, निया शर्मा आठौं मेहविश हयात नवौं र प्रियंका चोपडा दसौं स्थानमा छन् ।
https://www.instagram.com/p/B4xgbdHDUtg/
https://www.instagram.com/p/B5e9TkDFfix/