नेपाल फाइनान्स लिमिटेड समस्याग्रस्त अवस्थाबाट फुकुवा

अर्थतन्त्र
0 Shares

काठमाडौं । नेपाल फाइनान्स लिमिटेड समस्याग्रस्त अवस्थाबाट फुकुवा भएको छ ।

राष्ट्र बैंकबाट ग बर्गको इजाजतप्राप्त यस संस्थालाई २०७१ सालमा निक्षेप स्विकार गर्ने, कर्जा प्रवाह गर्ने, जमानत प्रदान गर्ने लगायतका कारोबार गर्न नपाने गरी समस्याग्रस्त वित्तिय संस्थाको रुपमा घोषणा गरेको थियो ।

तर राष्ट्र बैंकको यही मंसिर २० गतेदेखि नेपाल फाइनान्स लिमिटेडलाई समस्याग्रस्त वित्तिय संस्थाको सूचीबाट सशर्त फुकुवा गरेको छ ।

नेपाल फाइनान्स लिमिटेडको सञ्चालक समितिमा हिरेन्द्रमान प्रधान अध्यक्ष, राजन प्रजापति, चन्द्र राई र दिप्रश शाक्य (Diprash Shakya) सञ्चालक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *