…अनि रसाए बाबुका आँखा

NEWS
Spread the love

काठमाडौं । काठमाडौंमा जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा सुनिता महर्जनले करातेमा स्वर्ण पदक जितिन्।

लगत्तै उनी बुवाको अँगालोमा बाँधिइन्। उनको जितमा बुवाका आँखा रसाए। बुवासँगै उनको आँखा पनि भिजे।

नेपाललाई अर्को स्वर्ण पदक दिलाउने क्रममा सुनिताले पाकिस्तानकी खेलाडीलाई पराजित गरेकी हुन्।

उनले ६८ केजीमुनिको प्रतिस्पर्धामा पाकिस्तानकी कुल्सुमलाई पराजित गरेकी हुन्।

नेपालका लागि पहिलो स्वर्ण करातमै मन्डेकाजी श्रेष्ठले दिलाएका थिए ।

उनले सोमबार पाकिस्तानकै खेलाडी नाइमातुल्लाहलाई हराएर स्वर्ण जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *