काठमाडौं । हिन्दू धर्म अनुसार मानिसको ३२ लक्षण हुन्छ भन्ने मान्यता रहेको छ ।
कसैले ३२ लक्षणले युक्त बुहारी वा प्रेमिकाको कल्पना गर्छन् ।
खासगरी ३२ गुण भएकी युवती महिलालाई सर्वश्रेष्ठ मानिन्छ । हिन्दू धर्मशास्त्रअनुसार पनि ‘३२ गुणले सम्पन्न’ नारीबारे उल्लेख गरिएको हुन्छ ।
धेरैलाई थाहा नहुन सक्छ , ३२ वटा गुणहरु अर्थात ३२ लक्षण के लाई भनिन्छ भनेर ।
महिलामा हुनु पर्ने ३२ लक्षणहरु यी हुन्ः
– स्वभाव लज्जालु हुनु ।
– दुढ आत्मविश्वास हुनु ।
– शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु ।
– हातका औँला लामा–लामा हुनु ।
– पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु ।
– छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ।
– शरीरमा विभिन्न सात सुगन्ध हुनु ।
– औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु ।
– हरिणका जस्ता फिला हुनु ।
– गुप्ताङगहरु गुप्त रहनु ।
– शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु ।
– काँध पुष्ट, चौडा र गोलो हुनु ।
– पाखुरा लामा हुनु ।
– सम्पुर्ण शरीर तेजोमय हुनु ।
– पाखुरा राम्ररी फर्कने हुनु ।
– शंख समान घाँटी हुनु ।
– सोझो र सिंहको जस्तो चिउँडो हुनु ।
– चम्किला र टमक्क जोडिएका दाँत हुनु ।
– समान मिलेका दाँत हुनु ।
– ३२ वटा दाँत हुनु ।
– बंगारा स्वच्छ र सुन्दर हुनु ।
– जिब्रो लामो हुनु ।
– विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु ।
– बिभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु ।
– कुरा (बाचा)मा अडिक रहनु ।
– पातलो (सुरिलो) स्वर हुनु ।
– आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु ।
– मिलेको कपाल हुनु ।
– अल्छी नहुनु ।
– अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु ।
– शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु ।
– चमक्क चम्किने केश हुनु ।