रमेश प्रसाईंको भाइरल तस्बिर: नयाँ आयाम कि भ्रम ?

SOCIETY
Spread the love

काठमाडौं । अहिले सामाजिक सञ्जालमा रमेश प्रसाईंको एउटा तस्बिर भाइरल भइरहेको छ ।

विभिन्न बिषयमा खरो बोलेर चिरपरिचित बनेका धरानका प्रसाईंले केही दिन अगाडि चन्द्रागिरीमा एक जना महिला सँग तस्विर खिचेका थिए ।

उक्त तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तस्बिरको कमेन्टमा उनलाई बधाईको ओइरो नै लागेको छ।

प्रसाईं निकट सञ्चारकर्मी जीवन बिष्टले उक्त तस्बिर सामाजिक सञ्जाल फेसबुकमा “नयाँ आयाम” लेखेर पोस्ट गरिदिएपछि धेरै जना झुक्किएका छन् ।

रमेश प्रशाईले बिबाह गरेको होकी भन्ने तपाइंमा पनि लागेको छ भने, तपाइं गलत सोच्दै हुनुहुन्छ ।

चन्द्रागिरी हिल्समा प्रसाइंसँग तस्बिर खिच्ने व्यक्ति नन्दा सिंह हुन् ।

उक्त तस्विरमा जथाभावि कमेन्ट आउन थालेपछि उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै एस्तो लेखेकी छिन्, “एक जना सेलिब्रेटी सँग तस्बिर खिच्दैमा गलत सोच्ने कस्तो समाज हो”।

Leave a Reply

Your email address will not be published. Required fields are marked *