किङग्स लाउन्ज पोखरामा शनिबार नरेन लिम्बूको कन्सर्ट

स्वास्थ्य/जीवनशैली
89 Shares

पोखरा । पोखराको किङग्स लाउन्जमा पप गायक नरेन लिम्बूले प्रस्तुति दिने भएको छन् ।

शनिबार पोखराको लेकसाइस्थित किङग्स लाउन्जबारमा लिम्बू व्यान्डका साथ कन्सर्टमा सहभागी हुदै छन् ।

उनी सगँ किङग्स व्यान्डको पनि प्रस्तुती रहने लाउन्जका म्यानेजर अजय नकर्मीले जानकारी दिए ।

लिम्बूले किङग्स लाउन्जमा साझँ ८ बजे देखि मध्य रातसम्म विभिन्न चर्चित गीतहरु गाउने छन् ।

पोखराका संगीत प्रेमीहरुलाई लक्षित गरेर कन्सर्ट आयोजना गरिएको उनले बताए । कन्सर्टमा निःशुल्क प्रवेशको व्यवस्था छ ।

लिम्बूले केही समयको अन्तरालमा पोखरामा कार्यक्रममा भाग लिन लागेका हुन् ।

संगीतको तालमा रमाउँदै विभिन्न परिकारको स्वाद चाख्न चाहनेहरुका लागि लिम्बूको कन्सर्ट उपयुक्त हुने उनले बताए ।

लाउन्जले संगीत, खेलका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई पूर्ण पारिवारिक वातावरणमा उत्कृष्ट सेवा र सन्तुष्टि प्रदान गर्दै आएको उनको दावी छ ।

लाउञ्जमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ नकर्मीले बताए । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन सञ्चालन हुने लाइभ कन्सर्टले सेवाग्राहीको ध्यान तान्ने गरेको छ ।

पोखराका प्रतिष्ठत उद्योगी, व्यवसायी, विदेशी तथा स्वदेशी पर्यटक, डक्टर, इन्जिनियर, पाइलट देखि विभिन्न क्षेत्रका सेलिब्रेटीहरुको पहिलो रोजाईमा किङ्स लाउन्ज पर्ने गरेको छ ।

सुपथ मूल्यमा स्वादिष्ट खानाहरुको परिकार पाइने भएकाले किङ्स लाउन्ज पुग्ने गरेको उनीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *