श्रीमती पाँच दिन हिरासतमै, अघोरी बाबालाई तनाब

SOCIETY

काठमाडौं । सामाजिक सञ्जालमा ‘अघोरी बाबा’ को नामले भाइरल भएका विजय केसीकी श्रीमती पाँच दिन हिरासतमै रहने भएकी छिन् ।

शारदा पाण्डे ठगी आरोपमा सोमबार पक्राउ परेकी थिइन् । मंगलबार प्रहरीले शारदालाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो । अदालतले शारदालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

चितवनकी एक महिलाबाट अमेरिका लगिदिन्छु भनी ठगी गरेको आरोपमा उनलाई सोमबार प्रहरीले पक्राउ गरेको थियो ।

शारदाले केही ‘अघोरी बाबा’सँग बिहे गरेको भन्दै यूट्यूब च्यानलहरुमा अन्तरवार्ता दिँदै आएकी थिइन् ।

आफ्नी श्रीमतीलाई प्रहरीले पक्राउ गरेपछि अघोरी बाबा अहिले तनाबमा छन् । सामाजिक सञ्जालमा सामाजिक सञ्जाल प्रयोगकर्ताले बिहेपछि बाबाको लाइफ ड्यामेज भएको प्रतिक्रिया दिँदै आएका छन् ।

यसअघि अघोरी बाबाले प्रयोग गर्ने शब्द लाइफ ड्यामेज पनि सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *