काठमाडौंमा राम बोसलाई सम्मान तथा बधाई

NEWS

काठमाडौं । हालै अमेरिका र ब्राजिलमा विभिन्न उपाधिकासाथ सम्मानित भएका स्वदेश फर्किएका समाजसेवी राम बोसलाई नेपालमा पनि सम्मान गरिएको छ ।

थ्रि स्टार क्लवको कोषाध्यक्ष तथा म्यानेजर, नेपाल भारतोलन संघको उपाध्यक्ष, नेपाल ट्रयाडिशनल ताईक्वान्द्धो फेडेरेशन अध्यक्ष र नेपाल युथ गुप्रको अध्यक्ष राम बोस अमेरिका र ब्राजिल को छुट्टाछुट्टै कार्यक्रममा सम्मानित भएका थिए ।

झन्डै दुई दर्जनभन्दा बढी संघसंस्थाका अध्यक्ष तथा पदाधिकारीद्वारा पाण्डोबजारस्थित त्वाँती निवासमा राम बोसलाई सम्मान तथा बधाई कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कार्यसमितिका सभापति तथा समाजसेवी दुर्लभ थापा समेतको सहभागिता थियो ।

यो पढ्नुभयो ?

राम बोस अमेरिका र ब्राजिलमा सम्मानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *