अब कारागारमै यौनसम्पर्क : प्रजनन सुख, ६० दिन बिदा पनि

समाचार
4 Shares

काठमाडौं । अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट बञ्चित रहनुपर्ने छैन ।

बाहिर रहेकी पत्नी जेलमा गएर पत्नीसँग बस्न पाउँछिन् भने बाहिर रहेका पतिले कैदी पत्नीसँग भेट्न पाउनेछन् ।

कारागार परिसरिभित्रै उनीहरुले यौन सम्पर्क राख्न पाउनेछन् । गर्भवती महिला कैदीले ६० दिन बिदा पनि पाउनेछिन् ।

यी व्यवस्था समेटेर सरकारले कारागार ऐन संशोधन विधेयक तयार पारेको छ । आउँदो हिँउदे अधिवेशनमा विधेयक पेस हुँदैछ ।

विधेयकअनुसार ६ महिना पूरा गरेका गर्भवती वा सुत्केरी कारागार प्रशासनले तोकेको बैंक जमानत राखेर २ महिनासम्म घरमा बस्न पाउँछन्, ‘सुत्केरी बिदा’ वा ‘गर्भवती बिदा’ शीर्षकमा । यो अवधि उनीहरूले कारागारमा बसेर कैद भुक्तान गरेसरहकै मानिनेछ ।

६० दिन पूरा गरेको भोलिपल्टै कारागार फिर्ता हुनुपर्नेछ । अन्यथा सुरक्षाकर्मी प्रयोग गरेर कारागार ल्याइने र जमानत जफत गरिनेछ ।

तर यस्तो सुविधा राज्यविरुद्धको अपराध, बलात्कार, हत्या, अपहरण, संगठित अपराधलगायत जघन्य कसुर र जन्मकैदमा परेका महिलाले पाउने छैनन् ।

सुत्केरी स्याहार तथा सुत्केरी सुविधाअन्तर्गत महिला कैदीको बसोबास, खानपान र स्वास्थ्य परीक्षण प्रभावकारी बनाउन नयाँ व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ । -कान्तिपुर दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *