राम बोस अमेरिका र ब्राजिलमा सम्मानित

खेलकुद
255 Shares

काठमाडौं । थ्रि स्टार क्लवको कोषाध्यक्ष तथा म्यानेजर, नेपाल भारतोलन संघको उपाध्यक्ष, नेपाल टेड्सिनल ताईक्वान्द्धो फेडेरेशन अध्यक्ष र नेपाल युथ गुप्रको अध्यक्ष राम श्रेष्ठ (बोस) अमेरिका र ब्राजिल को छुट्टाछुट्टै कार्यक्रममा सम्मानित भएका छन् ।

बोस अमेरिकामा आयोजना भएको एक कार्यक्रममा लिजेन्ट अफ द मार्टिअल आट्स हल अफ फेम अवार्डले सम्मानित भएका हुन् ।

ग्लोबल कोरियन मार्टियल आट्स फेडरेशनको आयोजनामा अमेरिकाको न्यू जर्सीमा भएको अन्तराष्ट्रिय खेलुकद प्रतियोगिताको अवसरमा राम बोस लिजेन्ट अफ द मार्टिअल आट्स हल अफ फेम अवार्ड अन्तगतको स्पोट्स पर्सनालीट विधामा सम्मानित भएका हुन् ।

त्यस्तै, यही अक्टोवर २० मा इन्टरनेशनल कराते युनियनको आयोजनामा ब्राजिलमा भएको वल्र्ड कराते च्याम्पियनसिपमा राम बोस सम्मानित भएका छन् । विभिन्न खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठ एर्पिसेशन अवार्डद्धारा सम्मानित भएका हुन् ।

नेपालमा लामो समयदेखि खेलकुद क्षेत्रमा क्रियाशील रहँदै आएका बोस विभिन्न संघसंस्थामा आबद्ध भई खेलकुद क्षेत्रको विकासमा लागिरहेका छन् ।

थ्रि स्टार क्लव लगायत हरेक खेल प्रतियोगितामा उपाधि जिताउन समेत श्रेष्ठको महत्वपूर्ण योगदान रहँदै आएको छ । साथै नेपालको विभिन्न संघसंस्थादेखि सामाजिक कार्यक्रमा समेत बोस उत्तिकै सक्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *