म्याट्रिक्स एरिनामा नीताको ठुम्का (तस्विरसहित)

मनोरञ्जन
262 Shares

पोखरा । पोखरामा नेपाली चलचित्र गुन्जनको सुटिङ भइरहेको छ । यसै क्रममा शुक्रबार पोखराको म्याटरिक्स एरिनामा यस फिल्मको आइटम गीतको सुटिङ सकिएको छ ।

कोही भन्छन् रसिली छु रे.. बोलमा रहेको आइटम गीतको सुटिङ सम्पन्न भएको हो ।

नृत्य निर्देशक कविराज गहतराजको निर्देशन रहेको यस गीतमा नायिका नीता ढुंगानाको सेक्सी डान्स देख्न सकिन्छ ।

नायक प्रितम सेन्चुरी, कविर खड्का र अमोद नीतालाई हेरेको हेर्यै हुन्छन् । गीतमा वरिष्ठ कलाकार सरोज खनालको समेत अभिनय देख्न सकिन्छ ।

कल्याण सिंहको संगीत रहेको यस गीतमा बानिका प्रधानले आवाज दिएकी छिन् ।

यो हेर्नुभयो ?

बन्ने भयो गुञ्जन, यस्तो छ कथा

एएच इन्टरटेनमेन्ट प्रालिको निर्माणमा चलचित्र गुञ्जन निर्माण हुन लागेको हो ।

भदौ १० गते पोखराको विन्दवासिनी मन्दिरमा चलचित्र गुञ्जनको शुभ मुहूर्त गरी छायाँकन समेत सुरु गरिएको थियो ।

प्रेमकथामा आधारित चलचित्र गुञ्जनलाई अष्टमान महर्जनले निर्देशन गरेका छन् ।

विगत लामो समयदेखि नेपाली तथा विदेशी चलचित्रमा द्वन्द्व निर्देशन गर्दै आएका महर्जनले निर्देशन गर्न लागेको चलचित्रलाई चर्चिच छायाँकार राजेश श्रेष्ठले छायांकन गरेका छन् ।

चलचित्रमा सरोज खनाल, हिउवाला गौतम, सारा सिरपाली, प्रितमराज सेञ्चुरी, रोहन शाही, कविर खड्कालगायतको मुख्य अभिनय रहने छ ।

चलचित्र गुञ्जनलाई हिराकृष्ण शाहीले प्रस्तुत गरेका हुन् भने सुनिता शाहीले निर्माण गरेकी हुन् ।

महेश दवाडीको कथा, पटकथा र संवाद रहेको चलचित्र गुञ्जनमा कविराज गहतराजको कोरियोग्राफी, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको छ ।

चलचित्रको गीतमा बानिका प्रधान, अस्मिता अधिकारीर निशान् भट्टराईको आवाज रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *