किन गरे साउथ इन्डियन नायकले आत्महत्या ?

मनोरञ्जन
12 Shares

एजेन्सी । फिल्म इन्डष्ट्रि भित्रको संसार बाहिरबाट हेर्दा धेरै रमाइलो जस्तो लागे पनि यसको यस्तो पाटो पनि छ जुन निकै अलग छ ।

फिल्म इन्डष्ट्रिमा फेरि एक पटक दुखद घटना सार्वजनिक भएको छ । साउथ इन्डियन फिल्मका एक नायकले आत्महत्या गरेका छन् ।

नायक ससिकुमारले कलिउड सिनेमाका स्टार थिए र टिभी इन्डष्ट्रिमा पनि काम गरिसकेका थिए ।

घटना गत बिहीबारको हो । ससिकुमारको शव जोलारपेट्टाई रेलवे स्टेशन नजिकैको एउटा रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

अहिले घटनाको अनुसन्धान भइरहेको छ । मिडिया रिपोर्टका अनुसार ससिकुमारले आफ्नी श्रीमतीलाई आफू बेंगलर ट्रिपमा जान लागेको बताएका थिए ।

टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार नायक पैसाका कारण डिप्रेशनमा थिए । नायक र उनकी श्रीमती राघवका एक छोरा छन् ।

स्मरण रहोस् ससिकुमारकी श्रीमती पनि टिभीको चर्चित नाम हो र राजनीकान्तको फिल्म राजा चिन्ना रोजामा पनि देखिइसकेकी छिन् ।

हुन त ससिकुमार टिभी नायक थिए, तर उनी थुप्रै तमिल फिल्ममा पनि देखिइसकेका छन् । उनले क्यामराम्यानको रुपमा पनि काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *