काठमाडौं । सुमधुर स्वरकी धनी तथा चर्चित गायिका प्राश्ना शाक्यले तिहार गीत सार्वजनिक गरेकी छिन् ।
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा प्राश्नाको तिहार गीत सार्वजनिक भएको हो ।
प्राश्नाको तिहारको रमझम बोलमा रहेको गीत सार्वजनिक भएको हो
गीतमा नुतन भुषालको शब्द तथा दीपकराज विश्वकर्माको सङ्गीत तथा एरेञ्ज रहेको छ।
मदन खड्काले निर्देशन गरेको गीतको भिडियोमा प्राश्ना, काजल शर्मा र अश्विन भुषाल लगायतको अभिनय छ ।
विरेन्द्र भट्टले खिचेको भिडियो विष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियोमा काजल्स क्रिएशनको ड्रेस डिजाइन रहेको छ ।
सुमधुर स्वरकी धनी प्राश्नाका थुप्रै गीत चर्चित छन् ।
नेपाली सांगीतिक क्षेत्रमा स्रोता दर्शकको मन जित्न सफल प्राश्ना हाल गायनसँगै सञ्चारमाध्यममा समेत आवद्ध छिन् ।