आज
भोगाइमा तड्पिदै छ मान्छे
क्षणभरको संसारमा झुलिदै छ मान्छे
लाचारतामा हराउदै छ मान्छे
सुखको खोजीमा भौतारिदैछ मान्छे
अनि
त-त र म-म को लडाइँमा
आफैले आफुलाइ भुल्दैछ मान्छे
म भन्छु
त्यस्तो ठाउँमा आखिर रोएर के गर्छौ ?
जहाँ, तिम्रो आँशुको अर्थ रहन्न
त्यो सञ्जालमा आखिर अल्झिएर के गर्छौ ?
जहाँ तिम्रो त्यागको कुनै कदर हुँदैन
सोचेर हेर,
अन्तिम गन्तव्य सबको घाट नै त हो,
जिउँदो लास बनी आखिर समय बर्बाद, गर्दैछौ किन ?
अरे जिन्दगी ! बताइदे यो दुनियालाई
मानबताको परिभाषा
सम्झाइदे जीवनको मूल्यता
अनि आभाष गराइदे
आफू भित्र हराउँदै गएको त्यो सामिप्यता 🙏
-बिपना ढुङ्गाना