नेपाली भिक्षु सिंगापुर जेलमा, महिलालको छाती छोएको आरोप

Breaking
12 Shares

सिंगापुर । महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ४२ बर्षीय नेपाली भिक्षु दावा तामाङलाई सिंगापुरको राज्य अदालत (स्टेट कोर्ट) ले पाँच महिना जेल चलान गर्न आदेश दिएको छ ।

असार २६ गते सिंगापुरको गोलाङस्थित एक होटल अगाडि तामाङले एक महिलाको छाती छोएको आरोपमा अदालतमा मुद्दा परेको थियो ।

आफूमथि दुर्व्यवहार भएको भन्दै ती महिलाले मुद्दा दायर गरेलगत्तै तामाङ पक्राउ परेका थिए ।

दुर्व्यवहारमा परेकी भनिएकी महिलाको अदालतले समेत परिचय खुलाएको छैन । -नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *