एजेन्सी । सोसल मिडिया फेसबुकले ३ अर्ब भन्दा बढी फेसबुक अकाउन्ट बन्द गरिदिएको छ ।
सन् २०१८ को अक्टोबर महिनादेखि सन् २०१९ को मार्च महिनासम्मको ६ महिनाको अवधिमा फेसबुकले यतिधेरै संख्याका अकाउन्ट हटाएको हो ।
फेसबुकका अनुसार फेसबुकका मासिक सक्रिय प्रयोगकर्तामध्ये ५ प्रतिशत फेक अकाउन्ट रहेको खुलासा भएको छ ।
फेसबुकका अनुसार फेसबुक प्रयोगकर्ताले हेर्ने हरेक १० हजार सामाग्रीमध्ये ११ देखि १४ वटा सामाग्रीहरुले अश्लीलता तथा यौनिकता सम्बन्धि फेसबुकको नियम उल्लंघन गर्ने गरेका छन् ।
सन् २०१८ को पछिल्लो ६ महिनामा फेसबुकले विश्वका ९ देशमा गरी ५३ वटा मुख्य अवरोधको सामना गर्नुपरेको थियो । सोही वर्षको पहिलो ६ महिनामा चाहीँ ८ देशमा गरी ४८ वटा मुख्य अवरोधको सामना गरेको थियो । फेसबुकले सामाना गरेका अवरोधमध्ये ८५ प्रतिशत भारतबाट व्यहोर्नुपरेको छ ।