नेपाल फाइनान्स लिमिटेड (Nepal Finance Limited) ले आफ्नो चौथो शाखा रुपन्देहीको सैनामैनामा खोलेको छ ।
रुपन्देही जिल्लाको सैनामैना नगरपालिका मुर्गिया बजारस्थित शाखाको उद्घाटन फाइनान्सका सञ्चालक दिप्रश शाक्य (Diprash Shakya) ले गरे ।
कार्यक्रममा संस्थाका सञ्चालक राजन प्रजापती (Rajani Prajapati), प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया (Uddhav Raj Thapaliya), सहायक प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद गौतम (Bishnu Prasad Gautam) लगायतको उपस्थिति थियो ।
निजी क्षेत्रको लगानीको नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाको हाल काठमाडौ महानगरपालिका २८ कमलादीमा केन्द्रिय कार्यालय सहित ललितपुरको पुल्चोक र काभ्रेपलाञ्चोको बनेपामा शाखा कार्यालय सञ्चालनमा ल्याइसकेको छ ।
त्यसैगरी नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्स लाई प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरिसकेको सञ्चालक दिप्रश शाक्य (Diprash Shakya) ले जानकारी दिए ।
ललितपुर फाइनान्सलाई प्राप्ति गरिसकेपछि संस्थाको चुक्ता पूँजी करिब ५५ करोड पुग्ने छ भने १ः१.७५ का दरले हकप्रद शेयर जारीका लागि नेपाल राष्ट्र बैकबाट स्वीकृत प्राप्त गरिसकेको छ ।
त्यसैगरी यस संस्थाले कास्कीको माछापुच्छ्रे गाउपालिका, बर्दाघाट सुस्तापूर्वको गैंडाकोट, जनकपुरको धनुषाधाम, हेटौँडामा शाखा कार्यालय र काठमाडौंको कान्तिपथ र कालिमाटीमा विस्तारित काउण्टर पनि यसै आर्थिक वर्षमा सञ्चालनमा ल्याउने छ ।
संस्थाले १० स्थानबाट आफ्नो सेवा प्रवाह गर्ने छ साथै सम्पूर्ण डिजिटल बैकिङ सेवा समेत छिट्टै सञ्चालनमा ल्याउने गरी तयारी गरिसकेको छ ।