सुशिल-बिनिताको भन्दैछ हावा (भिडियो)

मनोरञ्जन
0 Shares

काठमाडौं । गायक सुशिल नेपालको नयाँ गीत सार्वनिक भएको छ ।

सुशिलको ‘भन्दैछ हावा’ बोलको गीत सार्वजनिक भएको हो ।

डा. बिनिता खरेल नेपालको शब्द रहेको गीतमा कम्पोज समेत गायक सुशिलले नै गरेका हुन् ।

साइन वेय स्टुडियोजमा रेकर्ड गरिएको गीतको एरेन्ज याकुव राईले गरेका हुन् भने मिक्सड सञ्जय खड्गीले गरेका हुन् ।

टुडी एनिमेसन गरिएको गीतको भिडियोलाई प्रविण श्रेष्ठ (मोक्ष्य) ले निर्देशन तथा सम्पादन गरेका हुन् ।

सानैदेखि गायनमा रुची राख्ने सुशिल हाल अमेरिकामा बस्दै आएका छन् । १५ वर्षदेखि अमेरिकामा रहँदै आएका सुशिल नेपाली गीतसंगीतबाट भने टाढा हुन सकेका छैनन् ।

सुशिलले भने, ‘कारणवस भौतिक रुपमा आफ्नो देशमा बस्न नसकेपनि मन भने सधैं नेपालमै छ । नेपाली गीत संगीतबाट त झन् कहिल्यै पनि टाढा रहन सक्दिन ।’

सुशिलले यस अघि अमेरिका जानुअघि नै २००४ मा आफ्नो सोलो एल्बम समृद्धि पनि सार्वनिक गरिसकेका थिए ।

बिनिता पनि नेपाली गीत संगीतसँग अत्यन्तै नजिक रहेको बताउँछिन् । उनले थुप्रै गीतहरुमा शब्द लेखिसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *