ललितपुर । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई खरिद गर्ने भएको छ ।
दुई संस्थाबीच प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।
नेपाल फाइनान्स निजी क्षेत्रको लगानीमा खुलेको नेपालको पहिलो फाइनान्स कम्पनी हो ।
ललितपुरको लगनखेलमा प्रधान कार्यालय रहेको ललितपुर फाइनान्स २०५१ सालमा खुलेको हो ।
नेपाल फाइनान्सको करिव ३१ करोड रुपैंयाँ र ललितपुर फाइनान्सको करिव २४ करोड रुपैंयाँ चुक्ता पूंजी रहेको छ ।
ललितपुर फाइनान्सलाई प्राप्तिपछि नेपाल फाइनान्सको नामबाट नै कारोवार हुने निर्देशक दिप्रश शाक्य ( Diprash Shakya) ले जानकारी दिए ।
नेपाल फाइनान्सकै संचालक समिति र व्यवस्थापनले संस्था संचालन गर्नेछन् । स्वाप रेशियो डिडिएले निर्धारण गरेको अनुपातमा प्राप्ति गर्न र समाहित हुन दुबै पक्ष सहमत भएका छन् ।
नेपाल फाइनान्सको २ शाखा छन् र थप ६ शाखा तथा २ एक्सटेन्सन काउन्टर खोल्ने प्रकृयमा रहेको दिप्रश शाक्य ( Diprash Shakya) ले बताए ।
ललितपुर फाइनान्सको ३ वटा शाखा संचालनमा छन् । प्राप्ति पछि जम्मा शाखा संख्या १३ पुग्ने भएको छ ।