मोटर स्पोर्ट्सको राष्ट्रिय खेल सार्वजनिक, खेलाडीहरु सम्मानित

समाचार
7 Shares

नेपालको एकमात्र तथा विश्वकै उच्च स्थानमा रहेकाे धुलिखेल रेस ट्रयाक विधिवत रुपमा सन्चालनमा आएको छ ।

हिमालयन मोटरल्याण्ड सर्किट नामाङ्करण गरिएको यस सर्किटको व्यवस्थापन अल्टिमेट हिमालयन मोटरल्याण्डले गर्दै आइरहेको छ ।

करिव ४.५ करोडको लगानीमा धुलिखेलमा अवस्थित यस सर्किटमा मोटरस्पोर्टसको विविध खेलसहित दैनिक रुपमा कार्टस सन्चालन गर्ने योजना रहेको छ ।

मोटर स्पोर्ट्सका राष्ट्रिय खेलहरु राखेपका पदाधिकारी तथा विशेष अतिथिहरुको उपस्थितिमा मेयर एसोसियसन अफ नेपालका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जु (Ashok Kumar Byanju) ले सार्वजनिक गरेका हुन् । एसियाली स्तरमै अटोमोबाइल संघले निर्माण गरी सञ्चालनमा ल्याएको यो पहिलो रेस सर्किट हो ।

मोटरसाइकल विधाअन्तर्गत रेसमान्डु, क्रसमान्डु, मोटर स्पोर्ट्स विधाअन्तर्गत, अटो जिमखाना, कार्टस अन्तर्गत युथ कार्टस १४ वर्ष मुनिका बालबालिकाका लागि साथै राष्ट्रिय कार्टस च्याम्पियनसिप विषेश नारीहरुको लागी रेसनारी खेलको विशेष डिजाइन गरिएको छ ।

कार्यक्रममा धुलिखेल रेस ट्रयाकका प्रवन्ध निर्देशक दिप्रश शाक्य (Diprash Shakya) ले स्वागत मन्तव्य राखेका थिए ।

मोटरस्पोर्टसलाई नेपालमा विगत लामो समयदेखि संरक्षण गर्दै आएको एक मात्र नियामक संस्था नासा (NASA) नेपालले विगत एक दशकभन्दा वढी समय नेपालमा मोटर स्पोर्ट्स स्थापनाका साथै खेलाडी तालिममा केन्द्रित भएर काम गर्दै आइरहेको छ ।

कार्यक्रममा नासा नेपालका सचिव तथा धुलिखेल अल्टिमेट मोटरल्याण्ड सर्किटका अध्यक्ष अनिल बराल (Anil Baral) ले खेलाडी संरक्षण गर्न मात्रै सके नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मोटर स्पोर्ट्स सक्षम रहेको धारणा राखे ।

अल्टिमेट हिमालयन मोटरल्याण्डकी निर्देशक सञ्जु बज्राचार्य (Sanju Bajracharya) ले महिलालाई पनि कसरी मोटर स्पोर्ट्समा स्थापित गर्न सकिन्छ ? भन्ने विषयमा प्रकाश पारिन् ।

कार्यक्रममा बोल्दै मेयर अशोक व्याञ्जुले यस मोटरल्याण्ड धुलिखेलकै शान रहेकोले यसलाई संरक्षण गरिने बताए ।

यसैबीच कार्यक्रममा बोल्ने अतिथिहरुले नेपालमा मोटर स्पोर्ट्सको भविष्य राम्राे रहेकोले संरक्षण गर्नुपर्नेमा जाेड दिएका थिए ।

दुलहीझैं सिंगारिएको हिमालयन मोटरल्याण्ड सर्किटमा विभिन्न खेलहरु समेत प्रदर्शन गरिएको थियो ।

अन्तर्राष्ट्रिय खेलाडी रोनी भारतीले अटो जिमखाना प्रदर्शन गरेका थिए भने अध्यक्ष बराल र टिमले कार्टस डेमोन्स्ट्रशन गरेका थिए ।

सर्किटमा तीन सय मिटर पिच गिरएको छ । जहाँ अटो जिमखाना, ड्रिफ्टिङ, मोटो जिमखाना, कार्टिङ र स्लालोम कार्टिङ लगायतका इभेन्ट सञ्चालन गर्न सकिनेछ । एक हजार मिटरको अफरोड सर्किटमा मोटरक्रस, अटोक्रस, र्‍यालीक्रस र अफरोड रेसिङका इभेन्ट गर्न मिल्नेछ ।

सर्किटको सम्पूर्ण व्यवस्थापनको जिम्मा अल्टिमेट हिमालयन मोटरल्यान्डले लिएको छ । नासाका सचिव अनिलकुमार बराल अल्टिमेट हिमालयनका अध्यक्ष हुन् । उनका अनुसार आफू खेलाडी हुँदा भोग्नुपेको समस्या निराकरण गर्न व्यवसायिक सर्किट निर्माण गरिएको हो ।

‘हाम्रो मुख्य उदेश्य भनेकै नेपाली खेलाडीको उत्पादन र व्यवसायिकीकरण नै हो । यो खेल महँगो छ र सबैको पहुँचमा पनि छैन’, अध्यक्ष बरालले भने, ‘हाम्रोमा व्यवसायिक रसकोर्स नभएको अवस्थामा यसले आधारभूत पूर्वाधारको आवश्यकतालाई निराकरण गर्नेछ ।’

हिमालयन मोटरल्यान्डले वर्षमा ६ वटा राष्ट्रियस्तरको प्रतियोगिता गर्ने घोषणा गरेको छ । स्थानीय र प्रदेशस्तरको छनोट प्रतियोगिता गरिने प्रवन्ध निर्देशक दिप्रश शाक्य (Diprash Shakya) ले जानकारी दिए ।

रेसमान्डु, क्रसमान्डु, युथ कार्ट च्याम्पियसिप, राष्ट्रिय कार्ट च्याम्पियसिप, राष्ट्रिय अटो जिमखाना च्याम्पियसिप लगायतका प्रतियोगिताहरु यस वर्ष आयोजना गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *