चर्चित भिडियो सेयरिङ एप टिकटकलाई टक्कर दिनेगरी फेसबुकले एक नयाँ एप सार्वजनिक गरेको छ ।
फेसबुकको प्रयोगकतात्मक एप विभागले कोल्याब नामको नयाँ एप तयार गरेको हो ।
फेसबुकको यो नयाँ एप हाल एप्पल प्रयोगकर्ताका लागि बेटा भर्सनमा मात्र उपलब्ध छ ।
यो एपले सर्जक र उनीहरूका फ्यानलाई एक ठाउँमा ल्याउनेछ । यो एक म्युजिक मेकिङ एप हुनेछ जसमा प्रयोगकर्ताले कुनै पनि गीतमा आफ्नो भिडियो तयार गरी अपलोड गर्न सक्दछन् ।
फेसबुकका अनुसार:
-कोल्याबसँगै हामीले प्रविधिलाई सहज बनाइदिएका छौं जहाँ मानिसहरूलाई मूल सांगीतिक भिडियोसँगै मिलेर आफ्नो सिर्जनात्मक क्षमता प्रष्फुटित गर्न सक्नेछन् ।
-यो एपमा प्रयोगकर्ताले कुनै संगीतमा आफ्नो छोटो भिडियो तयार गर्न सछन् । यस्तो भिडियो तीन भागमा बाँडिएको हुन्छ र तिनवटै भिडियो एकपछि अर्को गर्दै आउँदछन् ।
-तीनवटा भिडियोका संगीतमा फरक–फरक वाद्यवादनको प्रयोग गर्न सकिन्छ वा आफूले एक भाग रेकर्ड अरू दुई भाग अन्य दुईजना साथीलाई रेकर्ड गरेर तीनजनाको भिडियो एकसाथ मिसाएर एकीकृत भिडियो तयार पार्न सकिन्छ ।
-भिडियो सिर्जना गरेसँगै प्रयोगकर्ताले त्यसलाई आफ्नो वालमा पोष्ट गर्न सक्छछन् ।
-त्यसरी पोष्ट गरिएका भिडियोहरू अन्य प्रयोगकर्ताले हेर्न तथा त्यसैलाई प्रयोग गरेर आफ्नै भिडियोहरू पुनः सिर्जना गर्न सक्दछन् ।
-कोल्याबमा पोष्ट गरिएका भिडियोहरू इन्स्टाग्राम, फेसबुक स्टोरिज तथा अन्य प्लाटफर्ममा पनि सेयर गर्न सकिन्छ ।
क्याचअप
पछिल्लो समय एकपछि अर्को नयाँ सेवाहरू ल्याइरहेको फेसबुकले हालैमात्र आफ्नो ग्रुप कलिङ एप क्याचअप सार्वजनिक गरेको थियो ।
क्याचअप एपको फेसबुकले अहिले अमेरिकामा परीक्षण गरिरहेको छ ।
केही एप्पल तथा एन्ड्रोइड प्रयोगकर्तालाई उपलब्ध गराइएको छ । यो नयाँ एपमार्फत ८ जनासँग ग्रुप कलमा जोडिन सकिनेछ ।